माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आयोगमा दर्ता (प्रमाणपत्रसहित)
एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)लाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएसँगै उक्त दल आधिकारिक रुपमा आयोगमा दर्ता भएको हो ।
काठमाडौं, भदौ ९ : नेकपा एमालेबाट अलगिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ ।
एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)लाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएसँगै उक्त दल आधिकारिक रुपमा आयोगमा दर्ता भएको हो ।
आयोगले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई १६६ नम्बरमा दर्ता गरेको प्रमाणपत्र दिएको हो ।
सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएपछि दल विभाजन गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार एमालेका ५९ केन्द्रीय सदस्य र ३४ संघीय संसदका सांसदले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।
सोही व्यवस्थाअनुसार एमालेको माधवकुमार नेपाल पक्षले २० प्रतिशत केन्द्रीय सदस्य संख्या पुर्याएर एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठन गरेको थियो ।

-1789304248.jpg)

-1789304248.jpg)

-1716033857.jpg)