Kathmandu Press

जनगायक जेबी टुहुरेको सबै उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं, भदौ ९ : गम्भीर बिरामी भई उपचाररत जनवादी गायक जेबि टुहुरेको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश...
जनगायक जेबी टुहुरेको सबै उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं, भदौ ९ : गम्भीर बिरामी भई उपचाररत जनवादी गायक जेबि टुहुरेको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटर मार्फत उक्त जानकारी गराएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘ध्यानाकर्षण लगत्तै निर्णय लिई प्रक्रिया अघि बढाएकोमा सम्माननीय @PM_nepal_ लाई धन्यवाद दिंदै, जेबि दाइको सिघ्र स्वास्थलाभका लागि भगवानसँग प्रार्थना गर्दछु ।’

गत मंगलबार कलंकीस्थित आफ्नै निवासमा लडेपछि ७६ वर्षीय टुहुरेलाई बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई ‘स्ट्रोक’ भएको हो।

प्रकाशित मिति: २०:४९ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्