Kathmandu Press

‘कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न खोजेपछि बाध्य भएर विद्रोह’

नेकपा एमालेबाट अलग भएका नेताहरु सम्मिलित सो दलका तर्फबाट आज निर्वाचन आयोगमा सनाखत गरिएपछि प्रलोभन, दबाब, डर र त्रासका बाबजुद विद्रोहमा सामेल हुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता सङ्घीय संसद्का सदस्य लगायत सम्पूर्ण समर्थक, शुभचिन्तकमा धन्यवाद ज्ञापन गरिएको छ ।
‘कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न खोजेपछि बाध्य भएर विद्रोह’
फाइल तस्बिर

काठमाडौं, भदौ ९ : नवगठित नेकपा (एकीकृत समाजवादी) ले मुलुक र जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने ऐतिहासिक अभियानमा सहभागी हुन अपिल गरेको छ ।

नेकपा एमालेबाट अलग भएका नेताहरु सम्मिलित सो दलका तर्फबाट आज निर्वाचन आयोगमा सनाखत गरिएपछि प्रलोभन, दबाब, डर र त्रासका बाबजुद विद्रोहमा सामेल हुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता सङ्घीय संसद्का सदस्य लगायत सम्पूर्ण समर्थक, शुभचिन्तकमा धन्यवाद ज्ञापन गरिएको छ ।

कम्युनिष्ट आन्दोलनलाई बदनाम बनाउँदै समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गरिएको सो दलले जनाएको छ । सनाखतमा सङ्घीय संसद्का ३४, नेकपा (एमाले) को केन्द्रीय कमिटीमा रहेका ५९ सदस्य निर्वाचन आयोगमा पुगेका थिए ।

अपिलमा भनिएको छ, ‘अब यो विद्रोहलाई सिर्जनामा परिवर्तन गरी नेपाली जनताको आकांक्षा अनुसार नेपाली कम्युनिष्ट आन्दोलन रक्षा र विकास गर्दै देश र जनताको स्वाभिमानलाई उचो राख्न एवम् मुलुक र जनताको समृद्धीको आकांक्षा पूरा गर्न कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने यस ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण न्यायप्रेमी जनतामा हार्दिक अपिल गर्दछौं ।’

प्रकाशित मिति: २०:३२ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्