Kathmandu Press

कास्कीमा थप एक साता लम्ब्याईयो निषेधाज्ञा, जोर बिजोर प्रणाली कायमै 

काठमाडौं, भदौ ९ : कास्कीमा थप एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५...
कास्कीमा थप एक साता लम्ब्याईयो निषेधाज्ञा, जोर बिजोर प्रणाली कायमै 

काठमाडौं, भदौ ९ : कास्कीमा थप एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा कोरोना संक्रमण क्रमिक रुपमा वृद्धि भएको भन्दै भाद्र १८ गते राति १२ बजेसम्म लम्बनाउने निर्णय गरेको हो । यसअघि प्रशासनले भाद्र ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको हो ।

प्रशासनले यस अघि कास्कीमा कोरोना संक्रमण बृद्धि भएपछि जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गरेको थियो। आज पुनः जारी निषेधज्ञामा निजी तथा सार्वजनिक सवारीहरूमा जोरबिजोर प्रणाली कायमै राखेको जनाएको छ । प्रशासनले निश्चित संख्यामा यातायात व्यवसायी संस्थाको सिफारिसमा जिल्ला प्रशासनबाट पास लिएर लामोदुरीका सवारी साधनहरु सञ्चालन गर्न दिने निर्णय लाइ निरन्तरता दिएको छ ।

ब्यवसायीले सवारीका साधन सञ्चालन गर्दा सीट क्षमता बन्दा बढी यात्रु बोक्न भने पाइने छैन । बसका चालक तथा सहचालकले अनिवार्य मास्क, फेससिल्ड प्रयोग गर्नुपर्ने छ भने यात्रुले मास्क अनिवार्य रुपमा लगाउनु पर्नेछ । कास्की भित्र चल्ने निजी सवारीसाधन र ट्याकसीको हकमा चालकसहित बढीमा ४ जना सवार रही स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर जोरबिजोर प्रणाली अन्तरगत संचालन गर्न पाइने छ ।

त्यस्तै मोटरसाइकल तथा स्कुटरले पनि मापदण्ड अपनाएर जोरबिजोर प्रणाली अनुसार संचालन हुन पाउने छन् ।यस्तै विश्वविद्यालय, क्याम्पस एवं माध्यमिक विद्यालयहरूले पूर्व निर्धारित परीक्षाहरु संचालन सम्बन्धमा अपनाउनुपर्ने सावधानीका उपायहरु कडाईका साथ पालना गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी अनलाईन प्रविधिबाट संचालन गर्न सक्ने छन्। होटल तथा रेस्टुरेन्टहरुले अनलाइन डेलिभरी राति ८ बजेसम्म मापदण्ड अपनाएर संचालन गर्न पाउने छन्।

प्रशासनले सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर,स्पा, स्वीमिङ पुल, फुटपाथ पसल लगायतका ब्यवसाय खोल्न निषेध गरेको छ ।

प्रकाशित मिति: २०:२२ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्