Kathmandu Press

अमेरिकाद्वारा अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारको उद्धार

वासिङ्टन, भदौ ९ : अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरिएको जनाएको छ।अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा...
अमेरिकाद्वारा अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारको उद्धार

वासिङ्टन, भदौ ९ : अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरिएको जनाएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा बढी मानिसलाई उद्धार गरिएको जनाएको हो। 

अमेरिकाले पछिल्लो २४ घण्टामा मात्रै १९ हजारभन्दा बढीलाई उद्धार गरिएको पनि विवरण सार्वजनिक गरेको छ। 

अफगानिस्तान छाड्न चाहेका मानिसहरुलाई अमेरिकाले यही अगस्त १४ देखि उद्धार गर्न थालेको हो।   

ह्वाइट हाउसका सह प्रवक्ता एन्डे«उ बाट्सले भने, ‘उद्धार कार्य सुरु भएदेखि अहिलेसम्म कुल ८२ हजार ३०० भन्दा बढीलाई उद्धार गरिएको छ। तीमध्ये १९ हजारलाई पछिल्लो एक दिनमा उद्धार गरिएको छ।’

जुलाईदेखिकै हिसाब गर्ने हो भने ८७ हजार ९०० भन्दा बढी पुगेको पनि उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

तालिबान विद्रोहीहरुले अफगानिस्तानको केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि अमेरिकी सेनाले काबुल विमानस्थल नियन्त्रणमा लिएर अफगानिस्तान छाड्न चाहनेहरुलाई बाहिरिन सहयोग गरेको थियो। 

अमेरिकाले आफ्ना नागरिक, अफगानिस्तानका नागरिकसँगै अन्य देशका नागरिकहरुलाई पनि बाहिरिन मद्दत गरेको हो। 

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिकहरुलाई स्वदेश फिर्ता गर्न लागेको एक हप्तापछि तालिबान विद्रोहीहरुले प्रदेशका राजधानीहरु कब्जा गर्न थालेका थिए। प्रदेश राजधानीहरु कब्जा गर्न थालेको एक हप्तापछि उनीहरुले केन्द्रीय राजधानी नै कब्जा गरेका थिए। 

प्रकाशित मिति: २०:०४ बजे, बुधबार, भदौ ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्