Kathmandu Press

जनार्दन शर्माको प्रस्ताव–हरेक वर्ष सचिवहरुलाई तालिमको व्यवस्था गरौं

काठमाडौं, साउन २ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले सचिवहरुलाई समेत हरेक वर्ष तालिमको व्यवस्था गर्नुपर्ने प्रस्....

जनार्दन शर्माको प्रस्ताव–हरेक वर्ष सचिवहरुलाई तालिमको व्यवस्था गरौं

काठमाडौं, साउन २ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले सचिवहरुलाई समेत हरेक वर्ष तालिमको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

पूर्वगृहमन्त्री समेत रहेका सांसद शर्माले हरेक आर्थिक वर्षको पहिलो साता सचिवसहितका सबै कर्मचारीलाई अनिवार्य तालिमको व्यवस्था गनुपर्ने प्रस्ताव अघि सारेका हुन्। 

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले नयाँ संविधानबारे कर्मचारीहरुलाई आवश्यक तालिम नदिएका कारण अहिले कानून निर्माणमा कठिनाइ भइरहेको बताए।

सांसद शर्माले कर्मचारी तथा संस्थाहरुको पनि क्षमता अभिवृद्धिका लागि हरेक आर्थिक वर्षको पहिलो साता अनिवार्य तालिमको व्यवस्था गर्नुपर्ने स्पष्ट पारे।

सांसद शर्माले कर्मचारीहरुलाई नयाँ संविधानको मूलभावनाका विषयमा पनि तालिम दिन जरुरी रहेको बताए। लोकतन्त्र, संघीयता र समावेशी सिद्धान्तबारेमा कर्मचारीहरुलाई आवश्यक तालिम नदिएका कारण त्यसले अहिले आएर विवाद सिर्जना गरिरहेको शर्माको निष्कर्ष छ।

प्रकाशित मिति: १६:५८ बजे, बिहीबार, साउन २, २०७६