काभ्रेका स्थानीय तहमध्ये पाँचखालमा सबैभन्दा कम बेरुजु
काठमाडौं, भदौं ९ : महालेखापरीक्षकको कार्यालयले शनिबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार काभ्रे जिल्लाका १३ स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ को बेरुजु ५७ करोड...
काठमाडौं, भदौं ९ : महालेखापरीक्षकको कार्यालयले शनिबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार काभ्रे जिल्लाका १३ स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ को बेरुजु ५७ करोड १५ लाख ५० हजार देखिएको छ । बित्तीय प्रतिबेदन सुचकले काभ्रेमा पाँचखाल नगरपालिका र महाभारत गाउँपालिकामा सबैभन्दा कम बेरुजु भएको उल्लेख गरेको छ ।
प्रतिवेदनका अनुसार पाँचखालमा १ अर्ब ३८ करोड २८ लाख ७२ हजारको लेखा परिक्षण गर्दा १ करोड १९ लाख ३५ हजार अर्थात ०.८६ प्रतिशत तथा महाभारत गाउँपालिकामा ६७ करोड ७९ लाख १२ हजारको लेखा परिक्षण गर्दा २९ लाख ४० हजार अर्थात ०.४३ प्रतिशत बेरुजु देखिएको छ । बागमती प्रदेशका १ सय १९ स्थानिय तहमध्ये बेरुजु कम भएका पालिकामा पाँचखाल नगरपालिका सातौ स्थानमा छ भने महाभारत गाउँपालिका दोश्रो स्थानमा छ ।
प्रतिवेदनका अनुसार नगरपालिकाहरुमा सबैभन्दा बढि बेरुजु मण्डनदेउपुर नगरपालिका र गाउँपालिकाहरुमा सबैभन्दा बढि तेमाल गाउँपालिकामा भएको छ । मण्डन देउपुर नगरपालिकामा १ अर्ब ४६ करोड ६८ लाख ३ हजारको लेखा परिक्षण हुँदा ८ करोड ७७ हजार अर्थात ५.४६ प्रतिशत रकम बेरुजु भएको छ भने तेमाल गाउँपालिकामा ९५ करोड २७ लाख २७ हजारको लेखा परिक्षण गर्दा ९ करोड २४ लाख ४ हजार अर्थात ९.७० प्रतिशत बेरुजु देखिएको छ ।
त्यस्तै धुलिखेल नगरपालिकामा १ अर्ब ५९ करोड ११ लाख ८६ हजारको लेखा परिक्षण गर्दा १ करोड ५७ लाख ७६ हजार (०.९९ प्रतिशत) , बनेपा नगरपालिकामा १ अर्ब ६८ करोड ४ लाख ९४ हजारको लेखा परिक्षण गर्दा ३ करोड ८३ लाख ५२ हजार (२.२८ प्रतिशत), नमोबुद्ध नगरपालिकामा १ अर्ब ३४ करोड ६४ लाख ६२ हजारको लेखा परिक्षण गर्दा ३ करोड ८० लाख ८४ हजार (२.८३ प्रतिशत) र पनौती नगरपालिकामा २ अर्ब ३ करोड ११ लाख ७४ हजारको लेखा परिक्षण गर्दा ७ करोड ३५ लाख ९२ हजार (३.६२ प्रतिशत) रकम बेरुजु देखिएको छ ।
गाउँपालिकाहरुमा रोशी गाउँपालिकामा १ अर्ब ३५ करोड ४३ लाख ७९ हजारको लेखा परिक्षण गर्दा २ करोड ५४ लाख ४० हजार (१.८८प्रतिशत), खानीखोला गाउँपालिकामा ६० करोड ४० लाख ७२ हजारको लेखा परिक्षण गर्दा २ करोड ६ हजार (३.३१ प्रतिशत), चौरी देउराली गाउँपालिकामा १ अर्ब ४ करोड ४१ लाख २६ हजारको लेखा परिक्षण गर्दा ५ करोड ४७ लाख ५७ हजार (५.२४प्रतिशत), भुम्लु गाउँपालिकामा ९५ करोड ५३ लाख ६५ हजारको लेखा परिक्षण गर्दा ५ करोड ८४ लाख ३६ हजार (६.१२ प्रतिशत), बेथानचोक गाउँपालिकामा ७४ करोड ९७ लाख ९६ हजारको लेखा परिक्षण गर्दा ५ करोड ९७ लाख ५१ हजार (७.९७ प्रतिशत) रकम बेरुजु देखिएको छ ।
बागमती प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी ११९ वटा स्थानीय तह छन् । यि मध्ये रामेछापको रामेछाप नगरपालिकाको सबैभन्दा कम ६ लाख ४१ हजार अर्थात ०.३० प्रतिशत र दोलखाको वैतेश्वर गाउँपालिकाको सबैभन्दा बढि १२ करोड ४८ लाख ४२ हजार अर्थात १४.४ प्रतिशत बेरुजु देखाएको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्ष २०७५/०७६ मा काभ्रे जिल्लाको बेरुजु ६७ करोड ७५ लाख ६७ हजार देखिएको थियो । सबैभन्दा बढि पनौती नगरपालिकाको १ अर्ब ७५ करोड ६७ लाख ५ हजारको लेखापरीक्षणमा १६ करोड ५७ लाख ५६ हजार (९.४४ प्रतिशत) प्रतिशत बेरुजु थियो भने दोस्रो नम्बरमा खानीखोला गाउँपालिकाको ५३ करोड ६७ लाख ५६ हजारको लेखापरीक्षणमा ३ करोड ७६ लाख ३१ हजार (७.०१ प्रतिशत) बेरुजु थियो ।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
