Kathmandu Press

चन्द्र ढकालले दिए धितोपत्र बोर्ड सञ्चालक समितिबाट राजीनामा

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले धितोपत्र बोर्डको सञ्चालक समितिबाट राजीनामा दिएका छन्।उनले बुधबार अध्यक्ष शेखर गोल्छालाई पत्र...
चन्द्र ढकालले दिए धितोपत्र बोर्ड सञ्चालक समितिबाट राजीनामा

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले धितोपत्र बोर्डको सञ्चालक समितिबाट राजीनामा दिएका छन्।

उनले बुधबार अध्यक्ष शेखर गोल्छालाई पत्र लेखेर बोर्ड सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी दिएका हुन्। उनी महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक समिति सदस्य बनेका थिए।

ढकालका कतिपय कम्पनी धितोपत्र बजारमा सूचीकृत छन्। धितोपत्र बजारलाई नियमन गर्ने निकायमा सूचीकृत कम्पनीका सञ्चालक रहेको भन्दै उनको आलोचना हुँदै आएको थियो।

बोर्डबाट ढकाल बाहिरिएपछि उपाध्यक्ष अञ्जन श्रेष्ठलाई पठाउने तयारी उद्योग वाणिज्य महासंघले गरिरहेको जनाइएको छ।

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर विवादलाई लिएर ढकालमाथि पनि आलोचना भइरहेको छ।

सर्वोत्तम सिमेन्टकै प्रकरणमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले पनि मंगलबार राजीनामा दिइसकेका छन्।

सोही प्रकरणमा मुछिएका धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले भने आफूबाट कुनै गल्ती नभएको दाबी गदैृ राजीनामा नदिने बताएका छन्।

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, भदौ ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्