Kathmandu Press

२४ घण्टामा २४८२ कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु

देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा १८६२ र एन्टीजेनमा ६२० गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हाे ।
२४ घण्टामा २४८२ कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु

काठमाडौं, भदौ ९ : पछिल्लो २४ घण्टामा देशभर २४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा १८६२ र एन्टीजेनमा ६२० गरी २४८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ। 

गत २४ घण्टामा ९७११ पीसीआर र  ५५७९ एन्टीजेन परीक्षण भएका छन।

मन्त्रालयका अनुसार सोही समयमा संक्रमणबाटथप ४४ जनाको मृत्यु भएको छ ।  

प्रकाशित मिति: १६:३९ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्