सुदूरपश्चिममा जनमोर्चाको समानान्तर कमिटी
धनगढी, भदौ ९ : राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशमा समानान्तर किमिटी बनेको छ।जनमोर्चाको प्रदेश कमिटी अध्यक्षमा नन्दलाल भट्ट छन्। तर सोही कमिटीमा उपाध्यक्ष रहेका...
धनगढी, भदौ ९ : राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशमा समानान्तर किमिटी बनेको छ।
जनमोर्चाको प्रदेश कमिटी अध्यक्षमा नन्दलाल भट्ट छन्। तर सोही कमिटीमा उपाध्यक्ष रहेका लोकेन्द्र लम्सालको अध्यक्षतामा समानान्तर प्रदेश कमिटी गठन गर्रिएको हो।
त्यसका लागि धनगढीमा दुईदिने प्रदेशस्तरीय भेला आयोजना गरिएको थियो।
नयाँ कमिटी उपाध्यक्षमा तिलक परियार, सचिवमा लछिराम आचार्य, सहसचिवमा हुकुमसिंह साउद, कोषाध्यक्षमा केशवनाथ योगी चुनिएका छन्।
सदस्यहरुमा महेश जोशी, धनबहादुर बोहरा, प्रकाश ऐर, नरेश झुकाल, कृष्ण विक, विक्रम विश्वकर्मा, गोरबहादुर विक, निरु विक, सुरेन्द्र चौधरी रहेका छन्।
त्यसैगरी हरि शर्मा, हरिप्रसाद भट्टराई, मानबहादुर खड्का, रमेश नागरी, डब्बल तिरुवा, उमेश कडेल, हेमबिक्रमचन्द, लालबहादुर जाग्री पनि सदस्यमा चयन भएका छन्।
पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज लालबहादुर जाग्रीको उपस्थितिमा सम्पन्न भेलाले सल्लाहकार समिति पनि गठन गरेको छ। जसमा जयराज भण्डारी, शंकर शोव, सिद्धसिंह बिक, कृष्ण पण्डित, पदम साउद, उद्धव ऐर छन्।
जाग्रीले पार्टीमा फरक मत राखेकै कारण निलम्बन गर्ने, निष्कासन गर्ने शत्रुतापूर्ण व्यवहार हुन थालेपछि पार्टीको विधान र कानुनी व्यवस्थाकै आधारमा प्रदेश स्तरीय भेलाबाट नयाँ प्रदेश कमिटी बनाएको सपष्ट पारे।
अध्यक्ष लम्सालले विधानमा भएको व्यवस्थामै टेकेर नयाँ कमिटी बनाइएको दाबी गरे। तर भट्टले भने पार्टीको विधानविपरीत गठित नयाँ कमिटी अवैध रहेको बताए।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
