Kathmandu Press

‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व’

काबुल, भदौ ९ : अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको (जी–७) का नेताको भनाइ रहेको छ। युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले...
‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व’

काबुल, भदौ ९ : अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको (जी–७) का नेताको भनाइ रहेको छ। 

युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले सो कुरा बताएका हुन्। उनले भने, यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा छ, त्यहाँका नागरिक समस्यामा परिरहेका छन् त्यसैले यस्तो बेलामा उनीहरुलाई सहयोग गर्नु हाम्रो नैतिक दायित्व हो।

Hardik ivf

उनकाअनुसार यसका लागि युरोपियन युनियनआबद्ध सबै राष्ट्र एकताबद्ध भएका छन्। उनीहरुले यस्तो अवस्थाको अफगानिस्तानलाई हामीले सहयोग गर्नुपर्छ भन्ने छ। 

उनले भने, यो विश्वकै चासोको तथा दायित्वको कुरा हो र हामी युरोपेली युनियनमा आबद्ध देश पनि यसमा प्रतिबद्ध छौँ। 

उनले युरोपियन युनियनले अफगानिस्तानका लागि मानवीय सहायतालगायतको सहयोगको प्रस्ताव पनि गर्नेछ। यसका लागि युनियनले बजेट छुट्याउने पनि उनले जानकारी दिए। 

हाल अफगानिस्तानलाई त्यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जामा लिएका छन्। जसका कारण त्यहाँबाट पश्चिमा राष्ट्रका कर्मचारी, सेना तथा सहायताकर्मी सङ्घसंस्था पनि बाहिरिएका छन्।

प्रकाशित मिति: १५:३१ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्