Kathmandu Press

गृहमन्त्री खाणले लिए भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतीबारे जानकारी

काठमाडौं, भदौ ९ : गृहमन्त्री बालकृष्ण खाणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतीबारे जानकारी लिएका छन्। सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला र...
गृहमन्त्री खाणले लिए भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतीबारे जानकारी

काठमाडौं, भदौ ९ : गृहमन्त्री बालकृष्ण खाणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतीबारे जानकारी लिएका छन्। 

सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर विमानस्थलमा भएको प्रगतीबारे जानकारी लिएका हुन्। मन्त्री खाणले विमानस्थलको उद्घाटन कहिलेसम्म गर्न सकिन्छ र के के काम सकियो र के के गर्न बाँकी छ ? भनेर सोधेका थिए। जवाफमा सचिव कोइराला र महानिर्देशक पोखरेलले क्यालिवेशन फ्लाइटका लागि भारतलाई आग्रह गरिएको र उनीहरूको टोली आएर त्यो काम पूरा गरेपछि तीन महिनामा उद्घाटन गर्न सक्ने अवस्था हुने जानकारी गराएका थिए। 

त्यस्तै भैरहवामा अन्तर्राष्ट्रिय उडान सुरु भए्पछि आन्तरिक उडान प्रेसर पर्छ कि पर्दैन भनेर  मन्त्री खाणले चासो राखेका थिए। महानिर्देशक पोखरेलले काठमाडौंमा जति एरिया रहेको र कुनै असर नगर्ने जानकारी गराएका थिए। मन्त्री खाणलाई उनीहरूले विमानस्थल निर्माणका क्रममा भएका प्रगती, देखिएका समस्या र अन्तर्राष्टिय उडान र अवतरणमा देखिने समस्या र रातजनीतिक तहबाट समाधान गर्नु पर्ने विषयबारे जानकारी गराएका थिए।

प्रकाशित मिति: १५:२३ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्