बाढी, पहिरो र ढुबानबाट ९० हजार परिवार प्रभावित
काठमाडौं, साउन २ : मनसुन सुरू भएपछि बाढी, पहिरो तथा ढुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका प्रभावित भएको पाइएको छ।
गत एक सातामा कर....

काठमाडौं, साउन २ : मनसुन सुरू भएपछि बाढी, पहिरो तथा ढुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका प्रभावित भएको पाइएको छ।
गत एक सातामा करिब चार लाख ५२ हजार मानिस प्रभावित भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित ३२ जिल्लामा रेडक्रसका निकायबाट तथ्यांक सङ्कलन गरेको हो।
रेडक्रसका अनुसार, ४० हजार घरमा क्षति पुगेको छ। आफ्ना तालीम प्राप्त स्वयंसेवकबाट प्रभावितका खोज, उद्धार तथा राहत वितरणका साथ प्रभावितको तथ्याङ्क सङ्कलन कार्य द्रुतरुपमा जारी रहेको विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले बताइन्।
तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार ६ सय ६२ तारपोलिन तथा तीन सय १० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिसकिएको र वितरण कार्य जारी रहेको उनले बताइन्।
प्रभावित क्षेत्रमा तीन सय ७४ जना तालीम प्राप्त तथा अन्य स्वयंसेवक परिचालन भइरहेको छ। प्रदेश २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारम्भिक द्रुत सर्वेक्षण जारी रहेको रेडक्रसले जनाएको छ। ती जिल्लामा राष्ट्रिय विपद् प्रतिकार्यका एक-एक जना विशेषज्ञले काम गरिरहेका छन्।
प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन पानी शुद्धिकरण र सर्पदंशबाट बच्ने उपायबारे सन्देश प्रभाव गर्ने कार्य जारी रहेको रेडक्रसले जनाएको छ।

-1784896419.png)









