Kathmandu Press

सिन्धुपाल्चोकमा बस दुर्घटना, दुईजनाको मृत्यु, ३० घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना, दुईजनाको मृत्यु, ३० घाइते

चौतारा, भदौ ९ : सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-३ कालिको छापा भन्ने ठाउँमा यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौं आउँदै गरेको बा३ख ८०३० नम्बरको यात्रुवहाक बस आज (बुधबार) साढे ११ बजेतिर दुर्घटनामा परेको हो। 

बस सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। बसमा सवार दुई यात्रु बसभित्रै च्यापिएर मृत्यु भएको सुनकोसी-३ का वडा कार्यालयले जनाएको छ।

घाइतेमध्ये १५ जनालाई स्थानीय सिन्धु सदावहार अस्पताल खाडिचौर र १५ जनालाई धुलिखेल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:१० बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्