चाडबाडका बेला सामान निर्यातलाई प्राथमिकता दिन चिनियाँ पक्षलाई नेपाली महावाणिज्य दूतको आग्रह
नेपालमा चाडबाडको मौसम सुरु भएकाले चीनतर्फबाट सामान निर्यातलाई प्राथमिकता दिन नेपाली पक्षले आग्रह गरेको छ।
काठमाडौं, भदौ ९ : नेपालमा चाडबाडको मौसम सुरु भएकाले चीनतर्फबाट सामान निर्यातलाई प्राथमिकता दिन नेपाली पक्षले आग्रह गरेको छ ।
चिनियाँ पक्षसँगको बैठकमा ल्हासास्थित नेपाली महावाणिज्य दूत नवराज ढकालले बुधबार यस्तो आग्रह गरेका हुन् ।
महावाणिज्य दूत ढकालले बैठकका क्रममा नेपालतर्फ चाडबाडको समय सुरु भएको चिनियाँ अधिकारीहरूलाई जानकारी गराएका थिए । र, चीनतर्फबाट कार्गोहरूको आवतजावत सहज बनाइदिन उनले आग्रह गरेका थिए ।
यस्तै, चीनको स्वशासित क्षेत्र तिब्बतमा बसोबास गरिरहेका नेपाली नागरिकलाई कोभिड–१९ विरुद्ध खोपमा प्राथमिकता दिन पनि ढकालले आग्रह गरेका थिए ।
महावाणिज्य दूत ढकालका अनुसार तिब्बत स्वशासित क्षेत्रको विदेश मामिला कार्यालयकी महानिर्देशकसँग बुधबार बैठक भएको हो ।
त्यसक्रममा तिब्बतमा रहेका सबै नेपालीलाई बिहीबारदेखि कोभिड–१९ विरुद्ध खोप दिने सहमति बैठकमा भएको छ ।
नेपाल र चीनबीच सामान आवतजावतमा सहजीकरणका लागि लिपिङको सडक निर्माण गर्न र केरुङमा यार्ड विस्तार गर्न चिनियाँ पक्षबाट अनुरोध आएको छ ।
यस्तै, मुस्ताङको नेचुङ नाका सञ्चालनमा ल्याउन चिनियाँ पक्षले आग्रह गरेको छ । ‘म्याटेरियल असिस्टेन्स’को काम अगाडि बढाउन पनि चिनियाँ पक्षले आग्रह गरेको छ ।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
