लेखनाथ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा आत्रेय

पोखरा, भदौ ९ : लेखनाथ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत रुपमा चयन भएका छन्।
सङ्घको यही भदौ १८ र १९ गते हुने १३औँं अधिवेशनका लागि मङ्गलबार भएको उम्मेदवारी मनोनयमा अध्यक्ष पदका लागि आत्रेयको मात्रै उम्मेदवारी परेका कारण विधानतः उनी सर्वसम्मत बनेका हुन् ।
सङ्घको अन्य पदमा भने निर्वाचन हुने भएको छ। वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ तथा अघिल्लो कार्यसमितिका महासचिव भरतकुमार अधिकारीको उम्मेदवारी परेको छ।
त्यस्तै प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा र प्रकाशलाल श्रेष्ठको उम्मेदवारी परेको छ, भने द्वितीय उपाध्यक्षमा शैलेन्द्रमोहन भट्टराई तथा गोपीचन्द्र बाँस्तोलाको उम्मेदवारी छ। महासचिव पदमा उपेन्द्र सुवेदी र मेनुका श्रेष्ठ, उपमहासचिवमा जानुका पराजुली र धीरजकुमार श्रेष्ठको उम्मेदवारी परेको छ।
कोषाध्यक्ष पदमा रामजी पौडेल, भीमबहादुर नेपाली ‘काइला’, भरत ओझा र दिलकुमारी दाहाल ‘सन्ध्या’ को उम्मेदवारी परेको छ। सङ्घको आठ खुल्ला सदस्य, दुई महिला सदस्य ,एक संस्थागत सदस्य र एक एशोसियट सदस्य गरी १२ जनाको लागि ३० जनाको उम्मेदवारी छ।
अध्यक्ष पदमा सर्वसम्मत बनेका आत्रेयले उद्योगी व्यवसायीका हकहितका लागि क्रियाशील बन्ने प्रतिबद्धता व्यक्त गरे। आफूले व्यावसायिक क्षेत्रमा गरेको योगदानका कारण सर्वसम्मत हुन पाएको स्मरण गर्दै उनले कोभिडका कारण मारमा परेका व्यवसायीका हकहितका सवालमा सम्बन्धित निकायमा अझै सशक्त आवाज उठाउने बताए। सङ्घमा हाल एक हजार ७३६ व्यवसायी आवद्ध छन्।





-1789304248.jpg)





