नेकपा (एकीकृत समाजवादी)मा २९ सांसद र ५४ केन्द्रीय सदस्यको सनाखत
नवगठित नेकपा (एकीकृत समाजवादी)का पक्षमा २९ सांसद उभिएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी २९ सांसदले निर्वाचन आयोग पुगेर पार्टी दर्ताका पक्षमा सनाखत गरेका हुन् ।काठमाडौं, भदौ ९ : नवगठित नेकपा (एकीकृत समाजवादी)का पक्षमा २९ सांसद उभिएका छन् ।
केन्द्रीय सदस्य जगन्नाथ खतिवडाका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी २९ सांसदले निर्वाचन आयोग पुगेर पार्टी दर्ताका पक्षमा सनाखत गरेका हुन् ।
यस्तै, पार्टी वरिष्ठ नेता झलनाथ खनालसहित ५५ जना केन्द्रीय सदस्य सनाखतमा सहभागी भएका छन् । नयाँदिल्लीमा उपचाररत वरिष्ठ नेता खनालले त्यहाँस्थित नेपाली दूतावासमार्फत पार्टी दर्ताका पक्षमा सनाखत गरेका हुन् ।
वरिष्ठ वामपन्थी नेता प्रदीप नेपालले पनि आयोग पुगेर सनाखत गरेका छन् । यसअघि पार्टी दर्ताका लागि निवेदनमा हस्ताक्षर गरेका केही केन्द्रीय सदस्य भने सनाखतमा उपस्थित भएनन् ।
प्रकाशित मिति: १३:२५ बजे, बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
