Kathmandu Press

भारतबाट ल्याएको आलु र लौकामा भेटियो विषादी

काठमाडौं साउन २ : भारतबाट ल्याइएको आलु र लौकामा विषादी प्रयोग गरिएको भेटिएको छ। खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले गरेको परीक्षणमा विषादी भेटिएको ....

भारतबाट ल्याएको आलु र लौकामा भेटियो विषादी

काठमाडौं साउन २ : भारतबाट ल्याइएको आलु र लौकामा विषादी प्रयोग गरिएको भेटिएको छ। खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले गरेको परीक्षणमा विषादी भेटिएको हो।

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले गत शुक्रबार कालिमाटीमा भित्रिएका तरकारीको नमुना संकलन गरी विषादी परीक्षण गर्न निर्देशन दिएका थिए। त्यसपछि विभागले कालीमाटीमा तरकारीमा प्रयोग गरिएको विषादीको परीक्षण गरेको हो।

विभागले नेपाल र भारतका नौ वटा उत्पादनको परीक्षण गरेको छ। नौ वटै तरकारीमा ३० प्रकारका विषादीको परीक्षण गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए। त्यसको प्रतिवेदन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई बुझाएको छ।

Hardik ivf

विभागले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा भारतको कानपुरबाट ल्याएको आलु र लौकामा विषादी भेटिएको जनाएको छ। ‘भारको कानपुरको आलु र लौकामा एकै प्रकारको क्लोरोपाइराफस नामक विषादी प्रयोग भएको पाइएको छ,’ विभागका प्रवक्ता महर्जनले भने, ‘हानी पुर्‍याउने गरी छैन, सरकारले तोकेको मापदण्डभित्रै विषादी प्रयोग भएको देखिएको छ।’

त्यस्तै, नेपालका पनि विभिन्न स्थानमा उत्पादन भएका तरकारीमा विषादीको प्रयोग भएको पाइएको छ। विभागले गरेको परीक्षणमा सुनसरीको लौका, रामकोट काठमाडौंको गोलभेडा र भक्तपुरको बोडीमा विषादी प्रयोग भएको भेटिएको हो।

विषादी भेटिएको भएपनि हानि पुर्‍याउने गरीको भने नभएको प्रवक्ता महर्जनले बताए। उनका अनुसार, सुनसरीको लौका, रामकोट काठमाडौंको गोलभेडा र भक्तपुरको बोडीमा पनि विषादीको प्रयोग सरकारले तोकेको मापदण्डभित्रै रहेको पाइएको छ।

अन्य तरकारीमा पनि विषादीको प्रयोग सरकारले तोकेको मापदण्डभित्रै रहेको पाइएको विभागले जनाएको छ। ‘कुनै पनि तरकारीमा खान नमिल्ने खालको विषादी प्रयोग भएको भेटिएको छैन,’ विभागका प्रवक्ता महर्जनले भने।

तरकारीमा प्रयोग हुने विषादीबारे विद्यावारिधि गरेका डा.जितेन्द्र उपाध्यायले सधैं कालिमाटी तरकारी बजारमा गएर तरकारी तथा फलफूलको परीक्षण गरेर मात्र खान सक्ने अवस्था नभएको बताए। ‘कालीमटी तरकारी बजारको परीक्षणको नमुना  भनेको एउटा स्याम्पल मात्र हो, खास राम्रोसँग अनुगमन गर्ने हो भने विषादी नभेटिने कुरै हुन्न,’ डा.उपाध्यायले भने।

यसका लागि सरकारले विशेष अनुगमन र ल्याबको प्रयोग गरी उपभोक्तालाई  निश्चित मात्रामा विषादी नभएका तरकारी तथा फलफूल खान सक्ने परिपाटीको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, साउन २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्