Kathmandu Press

झलनाथ खनालकाे सनाखत नयाँ दिल्लीबाटै

काठमाडौं, भदौ ९ : नेता झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि नयाँ दिल्लीबाटै आफ्नो नाम सनाखत गराएका छन्।नयाँ दिल्लीको एपोलो अस्पतालमा...
झलनाथ खनालकाे सनाखत नयाँ दिल्लीबाटै

काठमाडौं, भदौ ९ : नेता झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि नयाँ दिल्लीबाटै आफ्नो नाम सनाखत गराएका छन्।

नयाँ दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहेका खनालले भौतिक उपस्थिति जनाउन असम्भव भएपछि मंगलबार त्यहाँस्थित नेपालको राजदूतावासमार्फत सनाखतको व्यवस्था मिलाउन निर्वाचन निर्वाचन आयोगलाई पत्र पठाएको एकीकृत समाजवादीका एक नेताले बताए।

सोही पत्रका आधारमा आयोगले सनाखत गर्ने व्यवस्था मिलाइदिएपछि एकीकृत समाजवादीका नेताहरूले आयोगमा पुगेर नेता खनालको सनाखत गराएका हन्।

निर्वाचान आयोगले एकीकृत समाजवादीलाई सनाखतका लागि आज बोलाएको थियो। अहिले सनाखत प्रक्रिया जारी छ।

प्रकाशित मिति: १३:१३ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्