एमाले विभाजनको कारण सत्तारुढ दल र सभामुख : एमाले
काठमाडौं, भदौ ९ : प्रमुख प्रतिपक्षी एमालेले १४ सांसदमाथि गरिएको कारबाही सभामुख अग्नि सापकोटाले स्वीकृत नगर्दा पार्टी फुटेको बताएको छ।बुधबार एक पत्रकार सम्मेलन...
काठमाडौं, भदौ ९ : प्रमुख प्रतिपक्षी एमालेले १४ सांसदमाथि गरिएको कारबाही सभामुख अग्नि सापकोटाले स्वीकृत नगर्दा पार्टी फुटेको बताएको छ।
बुधबार एक पत्रकार सम्मेलन गरेर एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनु पनि पार्टी विभाजनको अर्काे कारणा रहेकाे बताएको छ।
पत्रकार सम्मेलनमा बोल्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सत्तारुढ दल र सभामुख सापकोटा एमाले पार्टी विभाजनमा केन्द्रित भएको आरोप लगाए।
निर्वाचन आयोगले सरकार या कुनै दल विशेषको प्रभावमा परेर एमाले विभाजनको निर्णय गर्न नहुने उनको भनाइ थियो। आयोगले कारबाहीमा परेका नेताहरुलाई सनाखतका लागि बोलाउनु गलत रहेकाे उनले बताए।
कारबाही परेका सांसदहरुलाई लिएर नयाँ दल गठन गर्नु असंवैधानिक रहेको उनले टिप्पणी गरे।
प्रकाशित मिति: १२:३४ बजे, बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
