लन्डनका बसमा ‘नेपाल लाइफटाइम एक्सपिरियन्सेस्’
काठमाडौं, साउन २ : बेलायतको राजधानी लन्डनमा चल्ने सार्वजनिक बसमा नेपालको पर्यटन प्रवद्र्धन अभियान सुरू गरिएको छ।
नेपाल पर्यटन बोर्ड र बेलायत....

काठमाडौं, साउन २ : बेलायतको राजधानी लन्डनमा चल्ने सार्वजनिक बसमा नेपालको पर्यटन प्रवद्र्धन अभियान सुरू गरिएको छ।
नेपाल पर्यटन बोर्ड र बेलायतस्थित नेपाली दूतावासले लन्डनका यात्रुवाहक बसमार्फत पर्यटन प्रवद्र्धन अभियान सुरू गरेको हो। बोर्डका अनुसार ६० बसमा ‘नेपाल लाइफटाइम एक्सपिरियन्सेस्’ नारा लेखेर पर्यटन प्रवद्र्धन अभियान सुरू गरिएको हो।
लन्डनको प्रमुख केन्द्र पार्लियामेन्ट स्क्वायर, वेस्टमिनिस्टर, ट्राफल्डर स्क्वायर, केन्सिङ्टन हाइ स्ट्रिट, अक्सफोर्ड स्ट्रिट, सेन्ट पल स्ट्रिटलगायत १८ रुटमा गुड्ने बसमा ‘नेपाल लाइफटाइम एक्सपिरियन्सेस्’ लेखिएको हो।
तीन सातासम्म सञ्चालन गरिने यो अभियानबाट लन्डनका ४५ लाख बासिन्दाले नेपालको पर्यटन सम्भावनाबारे जानकारी पाउने बोर्डले जनाएको छ।

-1784896419.png)









