Kathmandu Press

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं, भदौ ९ : बुधबार सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँले गिरावट आएको छ।बुधबार छापावाल सुन तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं, भदौ ९ : बुधबार सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँले गिरावट आएको छ।

बुधबार छापावाल सुन तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो। 

आज तेजाबी सुनको मूल्य पनि प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको छ। मंगलबार तेजाबी सुन तोलाको ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य मूल्य भने प्रतितोला १० रुपैयाँले उकालो लागेको छ। मंगलबार १२ सय रुपैयाँमा कारोबार चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। 

प्रकाशित मिति: १२:१३ बजे, बुधबार, भदौ ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्