एकीकृत समाजवादी अध्यक्ष नेपाल सनाखतका लागि निर्वाचन आयोगमा
सनाखतका लागि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन्।
काठमाडौं, भदौ ९ : सनाखतका लागि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।
नेपालसहितका केन्द्रीय सदस्य र सांसदहरू आयोगमा पुगेका हुन् । सनाखतका लागि आयोगले ११ बजेदेखि २ बजेसम्म समय तोकेको छ ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिद्वारा जारी राजनीतिक दलसम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत आवश्यक हुन्छ ।
सोही व्यवस्थाअनुसार एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू सनाखतमा सहभागी हुन आयोग पुगेका छन् ।दल दर्ताका लागि निवेदन दिँदा एमालेको २०३ सदस्यीय कमिटीका ५७ जनाले हस्ताक्षर गरेका थिए ।
प्रकाशित मिति: १२:०२ बजे, बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
