Kathmandu Press

निर्वाचन आयोगमा सनाखत गराउँदै एकीकृत समाजवादी र लोसपाका नेता-कार्यकर्ता

नवगठित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता–कार्यकर्ता निर्वाचन आयोग पुगेर सनाखतमा सहभागी भइरहेका छन् ।
निर्वाचन आयोगमा सनाखत गराउँदै एकीकृत समाजवादी र लोसपाका नेता-कार्यकर्ता

काठमाडौं, भदौ ९ : नवगठित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता–कार्यकर्ता निर्वाचन आयोग पुगेर सनाखतमा सहभागी भइरहेका छन् ।

अस्वस्थताका बावजुद एकीकृत समाजवादीका नेता प्रदीप नेपालले आफ्नो सनाखत गरेर फर्केका छन् । अरू केन्द्रीय सदस्य र सांसदहरू आयोग पुगेर सनाखत गराउने क्रम जारी छ ।

सनाखतका लागि आयोगले एकीकृत समाजवादी र लोसपाका लागि अलग–अलग ठाउँ निर्धारण गरेको छ । दुई बजेसम्ममा सनाखत सकेर पार्टी दर्ता प्रमाणपत्र दिने आयोगको तयारी छ ।

प्रकाशित मिति: ११:३९ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्