Kathmandu Press

बबरमहलबाट बहादुर भवनतर्फ जाँदै लोसपाका कार्यकारिणी सदस्य र सांसद

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी सदस्य र सांसदहरू बहादुर भवनस्थित निर्वाचन आयोगतर्फ जाने तयारीमा छन् ।
बबरमहलबाट बहादुर भवनतर्फ जाँदै लोसपाका कार्यकारिणी सदस्य र सांसद

काठमाडौं, भदौ ९ : नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी सदस्य र सांसदहरू बहादुर भवनस्थित निर्वाचन आयोगतर्फ जाने तयारीमा छन् ।

अहिले उनीहरू बबरमहलस्थित पार्टी कार्यालयमा भेला भएका छन् ।

जसपाका ५१ मध्ये १७ जना केन्द्रीय कार्यकारिणी समिति सदस्यहरू लोसपाका पक्षमा उभिएका छन् । यस्तै, प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी ३७ मध्ये १४ जना सांसद नयाँ पार्टीमा आएका छन् ।

‘अब ५–७ मिनटमा पार्टी कार्यालयबाट हिँड्छौँ,’ केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले काठमाडौं प्रेससँग भने ।
 

प्रकाशित मिति: ११:२४ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्