फेरि बख्तरबन्द गाडीहरू सडकमा निकाल्दै सेना
नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरू फेरि सडकमा निकाल्ने भएको छ ।
काठमाडौं, भदौ ९ : नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरू फेरि सडकमा निकाल्ने भएको छ ।
सैनिकहरूका लागि चालक सीप अभिवृद्धि गर्ने उद्देश्यले बख्तरबन्द गाडीहरूको अभ्यास सञ्चालन गर्न लागिएको सेनाले जनाएको छ ।
काठमाडौंको सीतापाइलास्थित गण र उपत्यकाबाहिर इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा गुल्महरूले बख्तरबन्द गाडीको अभ्यास सञ्चालन गर्दैछन् ।
स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा बख्तरबन्द गाडीहरुको रोड ड्राइभिङ अभ्यास गरिने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
अभ्यासहरुको संशोधित मिति र रुट योजनाको सम्बन्धमा बेवसाइटबाट जानकारी लिन सकिने सेनाले जानकारी दिएको छ।
प्रकाशित मिति: ०९:१० बजे, बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
