समताका सञ्चालक सञ्जेल पत्नी र दुई कर्मचारीलाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं, साउन २ : जिल्ला अदालत काठमाडौंले समता स्कुल एवम् अस्पतालका सञ्चालक उत्तम सन्जेलकी पत्नी कला सन्जेलसहित अरू दुई कर्मचारीलाई छाड्न ....

काठमाडौं, साउन २ : जिल्ला अदालत काठमाडौंले समता स्कुल एवम् अस्पतालका सञ्चालक उत्तम सन्जेलकी पत्नी कला सन्जेलसहित अरू दुई कर्मचारीलाई छाड्न आदेश दिएको छ। थुनछेक बहस सकिएपछि जिल्ला अदालतले तीनै जनालाई रिहा गर्न आदेश दिएको हो।
एक महिनाअघि समता अस्पतालमा कार्यरत एकजना कर्मचारी विमला तामाङ अस्पतालमै मृत अवस्थामा फेला परेपछि मृतकका आफन्तले सन्जेलविरुद्ध किटानी जाहेरी दिएका थिए। सोही आधारमा पक्राउ गरी प्रहरीले उनीहरूलाई थुनामा राखेको थियो।
जिल्ला अदालतका न्यायाधीश अर्जुनकुमार कोइरालाको एकल इजलासले हिजो सन्जेलपत्नी कला र अस्पतालका अस्पतालका कर्मचारीहरू तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई जनही तीन लाख धरौटीमा छाड्न आदेश गरेको हो।
तामाङका आफन्तहरूले अस्पताल सञ्चालक कला र ती कर्मचारीविरुद्ध ‘ज्यान मुद्दा’मा किटानी जाहेरी दिएका थिए।
याे पनि :युवती ‘मृत्यु’ प्रकरण : समता अस्पतालका सञ्चालक सञ्जेल दम्पती पक्राउ

-1784896419.png)









