Kathmandu Press

उपत्यकाका सडकभरि फोहोरका थुप्रा, संक्रामक रोग फैलिने जोखिम

उपत्यकामा दुुई सातादेखि सडक किनारा र चोक-चोकमा थुुपारिएको फोहोर उठाइएको छैन। बर्खाका कारण सडकमा थुुपारिएको कुुहिने फोहोर पानीमा मिसिएर बग्न थालेको छ। जसका कारण संक्रामक रोग फैलिने जोखिम छ।
उपत्यकाका सडकभरि फोहोरका थुप्रा, संक्रामक रोग फैलिने जोखिम
तस्बिर : सुजल बज्राचार्य/काठमाडौं प्रेस

काठमाडौं भदौ ९ : उपत्यकामा दुुई सातादेखि सडक किनारा र चोक-चोकमा थुुपारिएको फोहोर उठाइएको छैन । बर्खाका कारण सडकमा थुुपारिएको कुुहिने फोहोर पानीमा मिसिएर बग्न थालेको छ । जसका कारण संक्रामक रोग फैलिने जोखिम छ ।

फोहोरको दुुर्गन्धले पैदल यात्रुु नाकमुुख थुुनेर हिँड्न बाध्य छन् । ‘फोहोर फाल्न मनाही’ लेखिएको क्षेत्रमा समेत फोहोरको थुुप्रा छन् । कुुहिने फोहोर तीन–चार दिनसम्म सडकमा हुुँदा त्यस्ता फोहोरबाट निस्कने किटाणुुबाट सरुवा रोग फैलिन सक्ने संक्रामक रोग विशेषज्ञहरू बताउँछन् ।

उनीहरूका अनुसार यस्तो फोहोरबाट पेट, छाला र आँखामा लाग्ने रोगहरू फैलिन सक्छन् । ढल मिसाइएको दुुषित पानीबाट किटाणुु निस्किन्छन् । संक्रामक रोग दुुषित पानी र खानाबाट लाग्ने संक्रामक रोग विशेषज्ञ डा. समिरमणी दीक्षित बताउँछन् । ‘पानी र खाद्यान्न मिसिएपछि डरलाग्दा रोगहरू निस्किन सक्छन्,’ उनी भन्छन्, ‘अचेल पानी परिरहेका कारण सडकमा फोहोर राख्दा विशेषगरी पेटसँग सम्बन्धित जटिल रोग लाग्न सक्छन् ।’

Hardik ivf

उनका अनुुसार फोहोरबाट निस्किने धेरै किटाणुु सरुवा रोगका कारक हुुन्, जसका कारण झाडापखाला, हैजालगायत पेटमा समस्या आउने गर्छ । ‘सरुवा रोग लाग्ने किटाणुु फोहोरको डंगुुरमा बस्ने गर्छन्,’ उनले भने, ‘फोहोरको डंगुुर कहिले पनि बस्ती नजिक थुुपार्नुु हुुँदैन ।’

उपत्यकाको फोहोर व्यवस्थापनमा चरम लापरवाही छ । फोहोर व्यवस्थापन गर्दा कुुहिने र नकुुहिने छुट्याएर फालिँदैन । जसमा विभिन्न औषधिलगायत डिस्पोज गर्नुुपर्ने फोहोर हुुन्छन् । यस्ता फोहोरले सरुवा मात्र नभई दीर्घरोग लाग्न सक्ने संक्रामक रोग विशेषज्ञ डा. ल्हामो याङ्चेन शेर्पा बताउँछिन् । ‘फोहोर व्यवस्थापन गर्ने दिगो ठाउँ छैन, जसका कारण विभिन्न ठाउँमा फोहोर थुुपारिन्छ,’ उनी भन्छिन्, ‘फोहोरबाट निस्किएको पानी जमिनमुुनिको पानीमा मिसिन्छ । उपत्यकामा धेरैजसो जमिनमुुनिको पानी प्रयोग गरिन्छ ।’

सामान्य होटल तथा भाडामा बस्ने धेरैले जमिनमुुनिको पानी बिनाफिल्टर नै प्रयोग गर्छन्  । जसका कारण संक्रामक रोग फैलिने डर हुुने उनले बताइन् । ‘शारीरिक अवस्था कमजोर भएका व्यक्तिलाई हैजा तथा झाडापखालाबाट मृत्युुसमेत हुुन सक्छ,’ उनले भनिन्, ‘फोहोरबाट निस्किएको पानी अन्य पानीमा मिसिएर तथा दुुर्गन्धित हावाका कारण वातावरण प्रदुुषित भएर धेरै रोग लाग्न सक्छन् ।’

फोहोरको दुुर्गन्धका कारण श्वास प्रश्वासमा असर परेको छ । वातावरण प्रदूषित बनाएको छ । 

‘७० देखि ८० प्रतिशत फोहोर पुुनप्र्रयोग गर्न सक्ने प्रकारका हुुन्छन् । कुुहिने र नकुुहिने फोहोर एकै ठाउँमा डंगुुर बनाउँदा ४० वर्षका लागि पुुग्ने गरी बनाइएको ठाउँ १० वर्षमा भरिने डर हुुन्छ,’ वातावरण, कानून, नीति तथा सुशासन विज्ञ चिरञ्जीवी भट्टराईले भने ।

उनका अनुुसार अहिले उपत्यकामा करेसा खेती तथा कौशी खेतीको चलन बढेको छ । त्यसमा कुुहिने फोहोर मलको रूपमा प्रयोग गर्न सकिन्छ । तर, उपत्यकावासीले फोहोर सडकमा फाल्न सजिलो मान्छन् । जसका कारण दैनिक फोहोर व्यवस्थापन कठिन बन्दै गएको छ । ‘कुुहिने र नकुुहिने फोहोर छुुट्याउने बानी बसाल्नुु आवश्यक छ,’ भट्टराईले भने, ‘घर मात्र होइन, वातावरण पनि सफा बनाउनुुपर्छ भन्ने सोच राख्नुुपर्छ ।’

दुुर्गन्ध नफैलिने फोहोरलाई छुुट्टै राखेर आर्थिक उपार्जन पनि गर्न सकिन्छ । फलाम, सिसालगायत फोहोर बजारमा बिक्छन्। त्यस्ता फोहोर घरबाट सार्वजनिक स्थलमा फाल्नु साटो पुनप्र्रयोग गर्न सकिने विज्ञहरू बताउँछन् ।

काठमाडौं सफा बनाउन नुुवाकोटको सिसडोलस्थित ‘डम्पिङसाइट’ मा फोहोर थुुपार्ने गरिएको छ । उक्त फोहोरको दुुर्गन्धले त्यहाँका बासिन्दालाई कति असर पु¥याउँछ भन्ने सोचिएको छैन । काठमाडौं सफा राख्न सिसडोलवासीको स्वास्थ्यमाथि खेलबाड गरिरहेको भट्टराईको तर्क छ । ‘स्वास्थ्यमा खेलबाड गर्ने अधिकार कसैलाई पनि छैन,’ उनले भने ।

उपत्यकावासी कति सभ्य छन् भन्ने एउटा उदाहरण वागमती नदीको प्रदुषण पनि हो । लामो समयदेखि वागमती सफाइ अभियान जारी छ । तर, नदी सफा हुन सकेको छैन ।

उपत्यकाबाट दैनिक हजार मेट्रिक टन फोहोर उत्सर्जन

काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक चार सय मेट्रिक टन फोहोर उठाइन्छ । काठमाडौं, ललितपुर र भक्तपुुरका अन्य नगर क्षेत्रबाट समेत गरी दैनिक नौ सयदेखि एक हजार मेट्रिक टन फोहोर उठाइने गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल जानकारी दिए । ‘पछिल्लो दुुई–तीन सातादेखि उपत्यकाले फोहोर व्यवस्थापन गर्ने नुुवाकोट सिसडोलस्थित ‘डम्पिङसाइट’ जाने बाटो वर्षाका कारण बिग्रिएको छ,’ डंगोलले भने, ‘त्यसैले सडकको फोहोर उठाउन कठिन भएको हो ।’

उनका अनुुसार अहिले बाह्य सडकको फोहोर उठाउन प्राथमिक दिइएको छ । भित्री सडकको फोहोर विस्तारै उठाउँदै जाने महानगरले बताएको छ ।

प्रकाशित मिति: ०८:२३ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्