Kathmandu Press

माओवादी नेताहरूको जिम्मेवारी हेरफेर, प्रवक्ताको जिम्मा महरालाई

माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महरा तोकिएका छन् ।
माओवादी नेताहरूको जिम्मेवारी हेरफेर, प्रवक्ताको जिम्मा महरालाई

काठमाडौं, भदौ ९ : माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महरा तोकिएका छन् ।

पूर्वसभामुख महरा संसद सचिवालयकी एक कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि सक्रिय राजनीतिबाट टाढाझैँ थिए । पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पाएसँगै उनी सक्रिय राजनीतिमा फर्केका छन् । उक्त आरोपबाट उनले सफाइ पाइसकेका छन् ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठले आफैँ प्रवक्ताको जिम्मेवारीबाट बाहिरिन चाहेको पार्टी स्रोतले जनाएको छ ।

यस्तै, माओवादीले प्रदेश–१ इन्चार्जमा सुरेन्द्र कार्की (पार्थ क्षत्री)लाई तोकेको छ । उक्त प्रदेशको अध्यक्षको जिम्मा सुरेन्द्रकुमार राईलाई दिइएको छ ।

प्रदेश–२ इन्चार्जमा गणेश शाह तोकिएका छन् । वागमतीमाको इन्चार्जमा हितमान शाक्य र अध्यक्ष नारायण दाहाल, गण्डकी इन्चार्ज हितराज पाण्डे र अध्यक्ष हरि अधिकारी, लुम्बिनी इन्चार्ज चक्रपाणी खनाल र अध्यक्ष ओनसरी घर्ती, कर्णाली इन्चार्ज शक्ति बस्नेत र अध्यक्ष राजकुमार शर्मा तथा सुदूरपश्चिम इन्चार्जमा खगराज भट्ट तोकिएका छन् ।

यस्तै, विशेष समिति इन्चार्जमा लीलामणि पोखरेल र अध्यक्ष लेखनाथ न्यौपाने, प्रवास समिति इन्चार्ज नारायणकाजी श्रेष्ठ र अध्यक्ष ओम शर्मा तोकिएका छन् ।

अर्थ तथा योजना विभागमा वर्षमान पुन, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, विदेश मामिला विभागमा सुरेन्द्र कार्की, संगठन विभागमा जनार्दन शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा प्रमुख बनाइएका छन् ।

प्रकाशित मिति: ०७:५४ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्