नेपाल र ठाकुरको दल दर्ताका लागि आज सनाखत गरिँदै
काठमाडौं, भदौ ९ : आज नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को दर्ताका लागि सनाखत गरिन लागिएको छ।निर्वाचन आयोगले माधवकुमार नेतृत्वको एकीकृत...
काठमाडौं, भदौ ९ : आज नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को दर्ताका लागि सनाखत गरिन लागिएको छ।
निर्वाचन आयोगले माधवकुमार नेतृत्वको एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोसपाका केन्द्रीय सदस्यलाई सनाखतका लागि बोलाएको छ। आयोगले दुवै दललाई सनाखतका लागि साढे दुई घण्टा समय तोकेको छ।
सनाखतका लागि बिहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म समय तोकिएको छ। एकीकृत समाजवादीका नेताहरुले त्यो समयमा गएर सनाखत गर्नुपर्नेछ।
आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। कम्तिमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदले सनाखत गरेमा मात्रै दुवै दललाई नयाँ दलको मान्यता दिइनेछ। र दल विभाजन भएको मानिनेछ।
त्यसपछि नेकपा (एमाले) र जसपाले त्यसमा गएका सांसद तथा जनप्रतिनिधिलिाई कारबाही गर्न सक्नेछैनन्।
प्रकाशित मिति: ०६:३८ बजे, बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
