Kathmandu Press

ओली सुध्रन्छन् र गोरु ब्याउँछ भनेर आश गर्नु उस्तै-उस्तै हो : भट्टराई

काठमाडौं, भदौं ८ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ओली सुध्रन्छन् र गोरु ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै भएको...
ओली सुध्रन्छन् र गोरु ब्याउँछ भनेर आश गर्नु उस्तै-उस्तै हो : भट्टराई

काठमाडौं, भदौं ८ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ओली सुध्रन्छन् र गोरु ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै भएको पनि टिप्पणी गरेका  छन्।

उनले एमालेका दोस्रो तहका नेताहरुलाई खै चेत ? भन्दै प्रश्न समेत गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत र आट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै ! बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला ! ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? चुनावचिन्ह नै पार्टी हो र ? खै चेत ? 

प्रकाशित मिति: २०:४९ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्