Kathmandu Press

‘सीआईए’ प्रमुख र तालिवानका उपप्रमुखबीच गोप्य भेट

‘सीआईए’ प्रमुख र तालिवानका उपप्रमुखबीच गोप्य भेट

वासिङ्टन, भदौ ८ : अमेरिकी गुप्तचर निकाय (सीआइए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वाशिङ्गटन पोस्ट’ले मङ्गलबार जानकारी गराएको छ। 

अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बन्र्स र बारादरबीच सोमबारको भेट वार्ता भएको अमेरिकी उक्त पत्रिकाले उल्लेख गरेको छ। 

Hardik ivf

एक हप्ताअघि अफगानिस्तानमा बीस बर्षदेखि अमेरिकासँग लड्दै आएको तालिबानसँग जो बाइडेन प्रशासनको अहिलेसम्मकै उच्चस्तरीय भेटवार्ता भएको हो। सीआईएले भने यस मामिलामा टिप्पणी गरेको छैन। यस बैठकमा अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने अगस्त ३१ को समय सीमा विस्तार गर्ने विषयमा छलफल समावेश भएको हुनसक्ने ‘द वाशिङ्गटन पोस्ट’ द्वारा सम्प्रेषित समाचारमा उल्लेख गरिएको छ। 

बाइडेन प्रशासनका सबैभन्दा विश्वस्त कूटनीतिज्ञ बन्र्सले विदेशी सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। झन्डै ११ वर्षअघि बारादरलाई सीआईएले संयुक्त अमेरिकी–पाकिस्तान मिशनमा गिरफ्तार गरेर आठ वर्षसम्म जेलमा राखेको थियो।

तालिवान नेता बाराडरले सन् २०१८ मा रिहा भएलगत्तै अमेरिकासँग शान्ति वार्ता सुरु गरेको बताउने गरिएको छ। सोमबार तालिबानले अमेरिकी सेनाको बहिर्गमनका लागि अगस्ट ३१ को समय सीमा विस्तार गर्न नसक्ने बताएको थियो। 

तालिबान प्रवक्ता सुहेल शहिनले स्काई न्युजसँगको कुराकानीमा यदि समय सीमाभित्र बहिर्गमन पूरा नभएमा यसबाट आउने ‘नतिजा’ प्रति अमेरिका जिम्मेवार हुनुपर्ने बताएका थिए। उक्त समूहले अफगानिस्तानबाट उद्धार कार्य जारी राख्न अमेरिका, बेलायतलगायतका पश्चिमी मुलुकलाई कुनै अतिरिक्त समय नदिने बताएको थियो।

प्रकाशित मिति: २०:१७ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्