Kathmandu Press

मंगलबार अफगानिस्तानबाट ११२ नेपालीको उद्धार गरी स्वदेश ल्याईयो 

मंगलबार अफगानिस्तानबाट ११२ नेपालीको उद्धार गरी स्वदेश ल्याईयो 

काठमाडौं, भदौं ८ : अफगानिस्तानबाट मंगलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् ।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार आज जोर्डन एभिएसनको उडानबाट १०३ जना तथा कतार यएरको उडानबाट ९ जना समेत गरी ११२ जना नेपाली नागरिकको उद्धार गरिएको हो ।

यो सँगै हालसम्म अफगानिस्तानबाट ७७० जना नेपाली नागरिकको उद्धार भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उद्धार गरिएका नेपाली नागरिकलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ को परीक्षण लगायतका प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र भारतको नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले उल्लेख गरेको छ। 

प्रकाशित मिति: १९:३५ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्