मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने एमालेको निर्णय, यस्ता छन् अन्य निर्णय
काठमाडौं, भदौ ८ : नेकपा (एमाले) ले आगामी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ।मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आगामी मंसिर १०,...
काठमाडौं, भदौ ८ : नेकपा (एमाले) ले आगामी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आगामी मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै, विधान महाधिवेशन असोज ४, ५ र ६ गते काठमाडौंमा हुनेछ ।
विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्ताव तयार गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ केन्द्रीय समितिको बैठक बोलाइएको छ । यस्तै भदौ १० मा पार्टी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णयसमेत गरेको छ ।
पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय समिति, प्रदेश, जिल्लासहित सबै तहका पदाधिकारी र सदस्यलाई २०७५ जेठ २ गतेपूर्व क्रियाशील हुन निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित मिति: १८:५१ बजे, मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
