थप २५२५ जनामा कोरोना संक्रमण पुष्टि, ३५ को मृत्यु
देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा २०२० र एन्टीजेनमा ५०५ गरी २५२५ जनामा संक्रमण पुष्टि भएको हाे ।
काठमाडौं, भदौ ८ : पछिल्लो २४ घण्टामा देशभर थप २५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा २०२० र एन्टीजेनमा ५०५ गरी २५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ९९०९ पीसीआर र ४९०१ एन्टीजेन परीक्षण भएका छन।
मन्त्रालयका अनुसार सोही समयमा २०८६ जना संक्रमणमुक्त भएका छन्। यस्तै संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
