सर्वोच्चले माग्यो कुलमान नियुक्तिको सक्कल फाइल

काठमाडौं, भदौ ८ : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले सक्कल मिसिल झिकाउन आदेश दिएको छ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले यस्तो आदेश दिएको हो।
त्यस्तै अदालतले शाक्यलाई जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञमा गरिएको नियुक्ति र विद्युत प्राधिकरण सञ्चालक समितिले शाक्यसँग गरेको कार्यसम्पादन सम्झौता पनि माग गरेको छ। यी सबै निर्णयको सक्कल फाइल ३ दिनभित्र पेश गर्न सर्वोच्चले आदेश दिएको हो।
प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यले आफूलाई वैधानिक रुपमा नहटाइएको दाबी गर्दै पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै अदालतमा निवेदन दिएका थिए।
यसअघि उनको मुद्दा हेर्न नभ्याइनेको सूचीमा राखिएको थियो।

प्रकाशित मिति: १६:४५ बजे, मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
