पहिरोले मेची राजमार्ग अवरुद्ध
पाँचथर, साउन २ : मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ।
फाल्गुनन्द गाउँपालिका–३ को पा....

पाँचथर, साउन २ : मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ।
फाल्गुनन्द गाउँपालिका–३ को पाँग्रेभीरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताए।
सडक माथिबाट ठूलो पहिरो झरेको छ। अहिले पहिरो पन्छाउने काम भइरहेको उनले बताए।
यो राजमार्गबाट पाँचथरको सदरमुकाम फिदिम हुँदै ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रमा सवारी सञ्चालन हुने गर्छ।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधनहरु बाटोमै रोकिएका छन्।
प्रकाशित मिति: ११:५८ बजे, बिहीबार, साउन २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









