Kathmandu Press

रुस र दक्षिण कोरियाली आणविक दूतबीच छलफल

सोल, भदौ ८ : रुस र दक्षिण कोरियाली आणविक दूतका बीचमा कोरियाली प्रायद्वीपका विषयमा छलफल भएको बताइएको छ। दक्षिण कोरियाली विदेश मन्त्रालयले सो विषयमा जानकारी...
रुस र दक्षिण कोरियाली आणविक दूतबीच छलफल

सोल, भदौ ८ : रुस र दक्षिण कोरियाली आणविक दूतका बीचमा कोरियाली प्रायद्वीपका विषयमा छलफल भएको बताइएको छ। 

दक्षिण कोरियाली विदेश मन्त्रालयले सो विषयमा जानकारी दिएको हो। उक्त मन्त्रालयका अनुुसार दुई देशका आणविका दूतका बीचमा कोरियाली प्रायःद्वीपको पछिल्लो गतिविधि र अवस्थाका बारेमा कुराकानी भएको हो। 

कोरियाली प्रायःद्वीपका लागि दक्षिण कोरियाली विशेष दूत नो क्यु डुकले रुसी उप विदेशमन्त्री बीच मंगलबार कुराकानी भएको हो। 

रुसी उप विदेशमन्त्री इगोर मोरगुलोभ छ दिनको भ्रमणका लागि हिजो दक्षिण कोरिया पुगेका छन्। उनी कोरियाली प्रायद्वीपका लागि रुसी विशेष दूत हुन्।  

उनीहरुका बीचमा कोरियाली प्रायःद्वीपको पछिल्लो अवस्थाका साथै सो क्षेत्रमा अपनाउनुपर्ने निशस्त्रीकरणका बारेमा पनि आवश्यक छलफल भएको कोरियाली विदेश मन्त्रालयले जानकारी दिएको छ। 

प्रकाशित मिति: १५:५० बजे, मंगलबार, भदौ ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्