Kathmandu Press

नेकपा (ए-स)को घोषणा पत्र- ओली नवौँ महाधिवेशनप्रति इमानदार नहुँदा पार्टी विभाजन

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले ६ पृष्ठ लामो दशबुँदे पार्टी घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा एमाले अध्यक्ष केपी ओली पार्टीको नवौँ महाधिवेशनमा पारित नीतिप्रति इमानदार नभएका कारण पार्टी विभाजनको अवस्थामा आइपुगेको उल्लेख छ।
नेकपा (ए-स)को घोषणा पत्र- ओली नवौँ महाधिवेशनप्रति इमानदार नहुँदा पार्टी विभाजन

काठमाडौं, भदौ ८ : माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले ६ पृष्ठ लामो दशबुँदे पार्टी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा एमाले अध्यक्ष केपी ओली पार्टीको नवौँ महाधिवेशनमा पारित नीतिप्रति इमानदार नभएका कारण पार्टी विभाजनको अवस्थामा आइपुगेको उल्लेख छ ।

घोषणा पत्रमा एमालेको विभाजनलाई ०६६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापनापछिका दुईवटा महाधिवेशनपछिको परिदृश्यसँग तुलना गरिएको छ । ‘नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा दुईवटा महाधिवेशनबाट पार्टीको नीति अर्थात् कार्यदिशा एउटा पारित गर्ने तर नेतृत्वमा भने महाधिवेशनबाट पारित नीतिको पक्षमा नरहेको व्यक्तिलाई चयन गर्ने काम भयो  । ती दुवै निर्णयले नेपाली कम्युनिस्ट आन्दोलनको एकतामा गम्भीर क्षति पुर्‍याएका छन्,’ घोषणा पत्रमा उल्लेख छ, ‘एमालेको नवौँ महाधिवेशनमा पनि त्यस्तै भयो । मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने पार्टी नीति पारित गरेको त्यस महाधिवेशनबाट पार्टीको प्रमुख नेतामा त्यस नीतिका विरोधी व्यक्तिलाई चयन गर्‍यो, जसले महाधिवेशनका निर्णय बोक्दै बोकेनन् ।’

अध्यक्षमा छानिएका केपी ओली महाधिवेशनप्रति इमानदार नरहेको र उनले महाधिवेशनका निर्णय पालना नगरी आफूखुशी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न भएको घोषणा पत्रमा उल्लेख छ ।

‘एमाले र माओवादी केन्द्रको एकतापछि निर्माण भएको नेकपाको अध्यक्षका रूपमा रहँदा पनि केपी ओली पार्टीका नीति र विधिअनुसार कहिल्यै चलेनन् । मुलुकको प्रधानमन्त्रीसमेत रहेका उनले सरकार पनि पार्टी नीतिअनुसार चलाएनन्,’ घोषणा पत्रमा भनिएको छ, ‘फलतः पार्टीमा गम्भीर मतभेद र विवाद उत्पन्न भयो । उनले ५ पुस ०७७ मा असंवैधानिक ढंगले प्रतिनिधिसभाको विघटन सिफारिस गरेपछि उक्त विवाद चरमचुलीमा पुग्यो र तत्कालीन नेकपा राजनीतिक रूपले दुई भागमा विभाजित भयो ।’

यस्तो नेकपा (एकीकृत समाजवादी)को घोषणा पत्र
 

प्रकाशित मिति: १५:३२ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्