नेकपा (ए–स) र लोसपाको सनाखतलाई निर्वाचन आयोगले छुट्यायो अढाइ घण्टा
काठमाडौं, भदौ ८ : नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूको सनाखत गर्न निर्वाचन आयोगले बुधबार अढाइ घण्टाको समय निर्धारण गरेको छ ।आयोगका अनुसार...
काठमाडौं, भदौ ८ : नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूको सनाखत गर्न निर्वाचन आयोगले बुधबार अढाइ घण्टाको समय निर्धारण गरेको छ ।
आयोगका अनुसार बिहान साढे ११ देखि दुई बजेसम्ममा सनाखत सकिने तालिका तय भएको छ । दल दर्ताका लागि निवेदन दिएका नेताहरूलाई आफैँ उपस्थित हुन आयोगले भनेको छ ।
आयोगमा कोही उपस्थित नसक्दा र पत्रमार्फत् सनाखतका लागि आग्रह गरेमा के गर्ने भन्ने निर्णय आयोगले गरिसकेको छैन ।
प्रकाशित मिति: १४:११ बजे, मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
