Kathmandu Press

पुरानो नियमलाई यथावत् राख्दै काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थपियो

काठमाडौं, भदौ ८ :  काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरूको संयुक्त बैठकले पुरानै...
पुरानो नियमलाई यथावत् राख्दै काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थपियो

काठमाडौं, भदौ ८ :  काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरूको संयुक्त बैठकले पुरानै नियमलाई यथावत् राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार संक्रमण दर उस्तै रहेको र थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य कडाइ गरिएको हो।

अन्य भिडभाड कम गरी कोरोना रोकथामसँग सम्बन्धित जनचेतना प्रवाह गर्ने विषयलाई जोड दिइएको बताइएको छ । 

यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन्। मास्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओहोरदोहोर गर्न दिइनेछैन। यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल पनि ८ बजे अगावै बन्द गर्नुपर्नेछ ।

प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्