Kathmandu Press

भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा लिन संसदीय समितिको निर्देशन

काठमाडौं, भदौ ८ : संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ।मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको...
भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा लिन संसदीय समितिको निर्देशन

काठमाडौं, भदौ ८ : संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ।

मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् । 

कोरोना संक्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ। 

कोरोना संक्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो।
 

प्रकाशित मिति: १३:०८ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्