Kathmandu Press

एकीकृत समाजवादीको अन्तरिम विधान- १७ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय कमिटी

नेकपा (एकीकृत समाजवादी)मा १७ जना पदाधिकारी र एक सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहने अन्तरिम विधानमा प्रस्ताव गरिएको छ।
एकीकृत समाजवादीको अन्तरिम विधान- १७ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं, भदौ ८ : नेकपा (एकीकृत समाजवादी)मा १७ जना पदाधिकारी र एक सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहने अन्तरिम विधानमा प्रस्ताव गरिएको छ ।

एक अध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, सात सचिव, एक सय १५ केन्द्रीय सदस्य र ३६ जना वैकल्पिक केन्द्रीय सदस्य रहने प्रस्ताव अन्तरिम विधानमा गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

सोमबार साँझदेखि उक्त पार्टीका केन्द्रीय सदस्य र सांसदहरू चन्द्रागिरि रिसोर्टमा बसिरहेका छन् । मंगलबार उक्त पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

विधानको प्रस्तावित व्यवस्थाअनुसार केन्द्रीय पदाधिकारी र सदस्यहरू हरेक पाँच वर्षमा हुने राष्ट्रिय परिषद्बाट निर्वाचित हुने छन् । महाधिवेशन पनि हरेक पाँच वर्षमा हुने विधानमा व्यवस्था छ । महाधिवेशनबाटै राष्ट्रिय परिषद् सदस्यहरू चयन हुने छन् ।

राष्ट्रिय परिषद्मा महिला, दलित, युवा, विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिइएको छ । केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरू पनि राष्ट्रिय परिषद्का सदस्यहरूले नै चयन गर्ने छन् ।

प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्