हजयात्रीकाे पहिलो टोली मक्का-मदिना प्रस्थान
काठमाडौं, साउन २ : पहिलो नेपाली हजयात्री टोली आज बिहान साउदी अरबको मक्का-मदिना प्रस्थान गरेको छ। हजयात्रा गर्न जाने नेपाली हजयात्री टोलीलाई गृहमन्त्री....
काठमाडौं, साउन २ : पहिलो नेपाली हजयात्री टोली आज बिहान साउदी अरबको मक्का-मदिना प्रस्थान गरेको छ। हजयात्रा गर्न जाने नेपाली हजयात्री टोलीलाई गृहमन्त्री रामबहादुर थापाले त्रिभूवन विमानस्थलमा विधाइ गरेका छन्।
आज पहिलो चरणमा १५६ हजयात्री मक्का-मदिनाका लागि प्रस्थान गरेका हुन्। नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले सरकारको व्यवस्थापनमा विगत आठ वर्षदेखि हज गर्नका लागि मक्का-मदिना पठाउने गरेको बताए। उनका अनुसार यस वर्ष करीब एक हजार दुई ६० जना हज गर्नका लागि मक्का-मदिना जानेछन्।
मुस्लिम समुदायको पवित्र तीर्थस्थलको रूपमा रहेको मक्का-मदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्छन्।
हजयात्री टोलीलाई विदाइ गर्दै गृहमन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्का-मदिना पठाएको बताए।
उनले मक्का-मदिनामा गएर हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्नेसमेत बताए। हज गर्न जानेले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार गर्ने उनको भनाइ थियो।
हजयात्रीलाई बिदाइ गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई पनि त्रिभुवन विमानस्थल पुगेका थिए।

-1784896419.png)









