Kathmandu Press

रौतहटका बाढीपीडितको दु:खेसो- चिउराको भरमा कति दिन बस्ने?

गौर, साउन १ : अविरल वर्षासँगै आएको बाढीका कारण डुवानमा परेको रौतहटका विभिन्न क्षेत्र अझै तंग्रिन सकेका छैनन्। अझै सयौं पनि घरहरु डुवानमै छन्।

<....
रौतहटका बाढीपीडितको दु:खेसो- चिउराको भरमा कति दिन बस्ने?
रिवाज राई

गौर, साउन १ : अविरल वर्षासँगै आएको बाढीका कारण डुवानमा परेको रौतहटका विभिन्न क्षेत्र अझै तंग्रिन सकेका छैनन्। अझै सयौं पनि घरहरु डुवानमै छन्।

बाढीका कारण राैतहटको दुर्गाभगवती गाउँपालिकाका धरै वडाका घरहरू डुवानमा परेका थिए। घर डुवानमा परेपछि विचल्लीमा परेका चार सय घर परिवार पाँच दिनदेखि श्री सरस्वती उच्च माध्यामिक विद्यालयमा आश्रय लिएर बस्न बाध्य छन्। उनीहरु विद्यालयका कक्षा कोठा तथा चौरमा बसेर रात कटाउन बाध्य छन्।

डुवान पीडितहरुले अझै पनि सरकारी तहबाट राहत पाउन सकेका छैनन्। पीडितहरुले सरकारले आफूहरुलाई राहत नदिएको र चिउरा खाएर बस्न बाध्य भएको दु:खेको पोखे। विद्यालयकै गोदाममा राहतका सामग्री राखिएको छ। तर, पीडितहरुले दाल, चामलजस्ता खाद्य सामग्री पाउन सकेका छैनन्।  

प्रकाशित मिति: २०:२९ बजे, बुधबार, साउन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्