अनुसन्धानकर्ता श्रेष्ठलाई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं, भदौ ८ : वातावरण विज्ञानका अध्येता एवं अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठले नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड पाएका छन्।अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटीले कोरोनाले नेपालका संरक्षण...
काठमाडौं, भदौ ८ : वातावरण विज्ञानका अध्येता एवं अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठले नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड पाएका छन्।
अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटीले कोरोनाले नेपालका संरक्षण क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्न उनलाई ४६ हजार डलर (करिब ५५ लाख रूपैयाँ) बराबरको अनुसन्धान वृत्ति दिएको हो।
कोरोनाले नेपालको पर्यापर्यटन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताको क्षेत्रमा असर पारेको छ। त्यस्तै, पर्यापर्यटन क्षेत्रमा आश्रित समुदाय पनि मर्कामा परेका छन्। यसमै अनुसन्धान हुने जनाइएको छ।
उनले यस विषयमा एक वर्षभित्र अनुसन्धान गरिसक्नुपर्नेछ।
यस अवार्डका लागि संसारभरका एक हजार दुई सय जनाले आवेदन दिएका थिए। त्यसमध्ये १० जनालाई अवार्ड प्रदान गरिएको हो। उनी एक्ला नेपाली हुन्।
प्रकाशित मिति: ०६:४३ बजे, मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1789304248.jpg)






-1789304248.jpg)