कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंगियो, समितिले बुझायो प्रतिवेदन
सोमबार साँझ समितिका सदस्यहरूबीचको बैठक सम्पन्न भएपछि प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा समितिले पार्टी सभापतिलाई प्रतिवेदन बुझाएको हो । यो सँगै कांग्रेसमा रहेको क्रियाशील सदस्यता विवाद समेत टुंगिएको छ ।
काठमाडौं, भदौं ७ : सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन बुझाएको छ ।
सोमबार साँझ समितिका सदस्यहरूबीचको बैठक सम्पन्न भएपछि प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा समितिले पार्टी सभापतिलाई प्रतिवेदन बुझाएको हो । यो सँगै कांग्रेसमा रहेको क्रियाशील सदस्यता विवाद समेत टुंगिएको छ ।
गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन भएको थियो । जसमा नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकेको भएपनि समितिले आजमात्र प्रतिवेदन बुझाएको हो ।
कांग्रेसको यही भदौ १८ गतेबाट वडा अधिवेशन शुरु गर्ने कार्यतालिका रहेको छ ।
प्रकाशित मिति: २१:३६ बजे, सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1789304248.jpg)

-1789304248.jpg)