Kathmandu Press

सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्छ : सहमहामन्त्री डा महत

काठमाडौं, भदौं ७ : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । नेपाल सांस्कृतिक कलाकर्मी...
सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्छ : सहमहामन्त्री डा महत

काठमाडौं, भदौं ७ : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । नेपाल सांस्कृतिक कलाकर्मी सङ्घले आज यहाँ आयोजना गरेको ‘आयौँ हामी चारतारे बोकेर, जय नेपालको सलाम ठोकेर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक गर्दै उनले कांग्रेस नेतृत्वको वर्तमान सरकारले जनताको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने बताए । 

उनले वर्तमान सरकारको पहिलो प्राथमिकता कोरोना खोप भएको उल्लेख गर्दै सबै जनतालाई खोप सुनिश्चितता गर्न सरकार लाग्ने बताए । साधन र स्रोतले भ्याएसम्म कांग्रेसले काम गर्ने उनको भनाइ थियो । उनले कांग्रेसले आगामी निर्वाचनमा गीत सङ्गीतमार्फत चुनाव प्रचारप्रसारमा लाग्नुपर्ने उल्लेख गरे । 

कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले वर्तमान सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताए। दुई तिहाइनजिक भोट ल्याएको सरकारले काम गर्न नसकेर कांग्रेस नेतृत्वमा सरकार बनेको चर्चा गर्दै उहाँले वर्तमान सरकारको देश र जनताप्रति महत्वपूर्ण जिम्मेवारी रहेको बताए । 

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद सुजाता परियारले विमोचित गीतले कांग्रेसलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । वरिष्ठ कलाकार डिबी गुरुङको रचना, सङ्गीत तथा स्वर रहेको उक्त गीतमा अर्जुन सुनाम र टीका पुनको पनि स्वर रहेको छ । (रासस) 

प्रकाशित मिति: २१:२४ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्