Kathmandu Press

आफ्ना पक्षका केन्द्रीय सदस्य र सांसदहरू लिएर छलफल गर्न माधव नेपाल चन्द्रागिरिमा 

काठमाडौं, भदौ ७ : नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालसहितका नेताहरु छलफलका लागि चन्द्रागिरि रिसोर्टमा पुगेका छन्...
आफ्ना पक्षका केन्द्रीय सदस्य र सांसदहरू लिएर छलफल गर्न माधव नेपाल चन्द्रागिरिमा 

काठमाडौं, भदौ ७ : नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालसहितका नेताहरु छलफलका लागि चन्द्रागिरि रिसोर्टमा पुगेका छन् ।

नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेपाल निकटका केन्द्रीय सदस्य र सांसदहरुलाई रिसोर्टमा बोलाइएको छ । नयाँ पार्टीको घोषणापत्र, विधान र नियमावलीको कामका बिषयमा छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल पक्षको टिम सोमबार र मंगलबार चन्द्रागिरिमै छलफल गर्ने छ । छलफल पश्चात भदौ ९ गते मंगलबार निर्वाचन आयोगले सनाखतका लागि बोलाएकोले सिधै त्यसतर्फ जाने बुझिएको छ । 
 

प्रकाशित मिति: १९:०७ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्