एकैदिनमा सात जना मृत अवस्थामा फेला
काठमाडौं, भदौं ७ : देशका बिभिन्न भागमा एकैदिनमा ७ जना मृत अवस्थामा भेटिएका छन् । कैलालीको घोडाघोडी नगरपालिका ३ बगुलियास्थित सडक छेउमा सोही...
काठमाडौं, भदौं ७ : देशका बिभिन्न भागमा एकैदिनमा ७ जना मृत अवस्थामा भेटिएका छन् । कैलालीको घोडाघोडी नगरपालिका ३ बगुलियास्थित सडक छेउमा सोही ठाउँ बस्ने ५० बर्षीय बाँधुराम कुमाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, दाङको घोराही उपमहानगरपालिका २ बस्ने ६६ बर्षीय प्रेम बहादुर राना सोही ठाउँस्थित चेपे ड्यामको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
उता, रुकुम पूर्वको भुमे गाउँपालिका ३ मोरावाङ बस्ने अर्जुन कुवँरको छोरी अन्दाजी ४ वर्षीया प्रिया कुवँर घर नजिकै खोल्सामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता, लमजुङ, सुन्दरबजार नगरपालिका ६ भिजनचोक बस्ने ८१ वर्षीय जोहरदिन मिया सोही नगरपालिका ७ पाउदी खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
तनहुँको बन्दिपुर गाउँपालिका ४ बस्ने ३८ वर्षीय सुक बहादुर घले घरनजिकै सडकमा सोमबार नै मृत अवस्थामा फेला परे भने बागलुङको ढोरपाटन नगरपालिका ९ पैरा बस्ने ४५ वर्षीय छबिलाल कामी सोही नगरपालिका ९ भुजिस्थित जङ्गलमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, काभ्रेको धुलिखेल नगरपालिका८ स्थित सारथी होटलको चौथो तल्लमा बसि सोही होटलको भवन निर्माणको काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका ८ बस्ने ४० वर्षीय बिबेसु थारु सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




-1789304248.jpg)






-1789304248.jpg)